दानियल सुनुवार, रामेछाप। गोकुलगंगा गाँउपालिका जनप्रतिनिधी उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक राधिका श्रेष्ठ नेवारले चुनावका बेला घोषणा पत्रमा उल्लिखित विकासका करिब ८० प्रतिशत काम गोकुलगंगा गाँउपालिकाले सम्पन्न गरिसकेको बताउनु भएको छ। गाउँपालकाको चारवर्षे समीक्षा कार्यविवरण प्रस्तुत गर्नेक्रममा उपाध्यक्ष श्रेष्ठले त्यस्तो बताउनु भएको हो।

आ.व.२०७७/७८ को अन्तिम चरणमा आईपुग्दा आफ्नो चार वर्षे कार्यकालको संक्षिप्त प्रस्तुत गर्दै संघिय संरचानाको स्थानीय सरकारको पहिलो वर्ष काम गर्ने अनुभव नभएकाले सामान्य गाह्रो भए पनि  दोश्रो वर्षबाट द्रुत गतिमा आफ्नो कार्यभार सम्हाल्न सहज भएको बताउनुभयो। उपाध्यक्ष नेवारले कार्यकाल भरी ४४ वटा स्थानीय कानुनहरु निर्माण गरिसकेका छौँ। धेरैजसो  पारिवारिक झमेला, विवाह बिच्छेद, घरजगा सीमाविवाद जस्ता स्थानीय तहका मुद्दाहरु मेलमिलाप समिती को सहकार्यमा सम्वन्य गरी छिनोफानो गरी दिनपाउँदा न्यायिक समितीको संयोजकको नाताले आफ्नो जिम्मेवारप्रति सफल भएको महसुस गर्दछु भन्नुभयो।

विकास निर्माणको क्षेत्रमा गाउँपालिकाले उलेखनिय काम गरेको बताउनु भएको छ। गाउँपालिकाभर करिब ४०० कि.मी. कच्ची सडकको निर्माण, ६ वटै वडामा वडाकार्यलयको पक्कि भवन निर्माण, विश्वमहामारीमा अस्पतालको स्थापना जसको कारण कोभिडको बिरामीलाई ठूलो सेवा र सुविधा पुगेको छ। स्थानीय स्तरबाटै दर्ता प्रक्रिया उपलब्ध गरी सबैखाले व्यवसाय सञ्चालन, पर्यटनलाई मध्यनजर गरी प्रसस्तै गरी सुविधा सम्पन्न होटल तथा होमस्टे को स्थापना तथा व्यवसायीलाई अनुदान प्रदान, कृषि पकेट क्षेत्रको लागी १८ वटा कार्यक्रमको सञ्चालन विपन्न वर्गलाई अनुदानको व्यवस्था गर्दै आएको बताउनु भएको छ। 

गाँउपालिकाको स्थापनासँगै विभिन्न क्षेत्रमा रोजगारीको व्यवस्था, जसमा ९९ प्रतिशत महिलालाई कार्यालय सहयोगीदेखी योग्यता अनुसार विभिन्न शाखामा रोजगारी प्रदान गरिएको बताउनु भयो। 
कोभिड-१९ को दोश्रो लहरको प्रभावले गर्दा यसवर्षको भुक्तानी दिने कार्य केही ढिलाइ भएको जानकारी दिनु भएको छ। कार्यलको पाँच वर्षको आ.व. २०७८/७९ मा सामाजीक जागरण, शिक्षा, स्वास्थ्य, पर्यंटनको लागी जटापोखरी हिलस्टेसनको निर्माण र कृषिको लागी बजेटिङ हुने बताउनु भएको छ।