चाणक्य वाणी

- ज्ञान भन्दा ठूलो अर्को कुनै गुरू हुँदैन ।
- गुरू, मूर्ख, मित्र र स्वजनहरूसित बुद्धिमान व्यक्तिले व्यर्थ विवाद गर्नुहुदैन ।
- जो आरूको कल्याणको लागि काम गर्छ त्यही सत्पुरूष हो ।
- चन्द्रमाले जसरी उज्यालो दिन्छ त्यसै गरी सज्जनले प्राणामाथी दया गर्नुपर्दछ ।
- भोको भए पनि बाघले घास खादैन ।
- अधिक लोभ अधिपतनको कारण हो ।
- आफ्नो इच्छाअनुसारको नियम बनाउने शासक महान् अत्याचारी हो ।
- धनरहीत हुदैमा कसैलाई पनि निर्धन मान्न सकिदैन ।
- अपमान सहेर बाँच्नुभन्दा पैतलाको धुलो उत्तम हुन्छ ।
- सुन्दर रूप, तरूण अवस्था र मधुरता यी तीन रूप नारी जातिको ठूलो बल हो ।
- मानिस असल गुणले उत्तम हुन्छ न की उच्च आसनमा बसेर, महलको छानामा बस्दैमा काग गरूढ बन्छ र ?
- आफ्नी श्रीमती, भोजन र धन यी तीन कुरामा सन्तोष मान्नुपर्दछ ।