काठमाडौं। राउटे समुदायको मिहलामाथि भएको यौन दुर्व्यबहारप्रति आदिवासी जनजाति युवा महासंघको ध्यानाकर्षण भएको जनाएको छ। महासंघले आईतबार प्रेस विज्ञप्ति  जारी गर्दै ध्यानाकर्षण भएको जनाएको हो। 

महासंघले प्रेस विज्ञप्ति जारी गर्दै नेपालको लोपउन्मुख घुमन्ते जीवनयापन गर्ने राउेटे समुदायिको युतीमाथि यौन दुर्व्यवहार गरी फोटो/भिडियो सामाजिक सञ्जालमा राख्ने कार्य जघन्य अपराध भएको ठहर गरेको छ। राहत सामग्री वितरणको नाममा अपमान र लाचार रुप प्रस्तुत गर्नु र सांस्कृतिक शैलीप्रति हानी हुने कार्य हुन नदिन महासंघले सम्बन्धित सबैलाई जोडदार माग गरेको छ। 

महासंघले राउटे समुदायमाथि एको यौन  हिंसालाई मानव अपराधको संज्ञा दिँदै प्रस विज्ञप्तिमा भिनएको छ "सुर्खेतको गर्भाकोट नगरपालिका -९ बस्ने  युवाहरूले जङ्गलमा घुमन्ते जीवन यापन गर्ने राउटे समुदायको दुई युवतीलाई मदिरा सेवन गराई यौन दुर्व्यवहार गरेकोप्रति महासंघले घोर भर्त्सना गर्दछ। यस्ता जघन्य अपराधमा संलग्न अपराधिहरूलाई होटल संचालक विनोद पुन तथा सङ्लग्न व्यक्तिहरू चमन घर्ती(जोगी) र भुपेन्द्र बुढामाथि तत्काल अनुसन्धान गरी कडाभन्दा कडा कारबाहीको माग गर्दछौँ।"

प्रेस विज्ञप्ति: