गोकुलगंगा गाँउपालिका वडा नंं. ६ स्थित श्री माध्यमिक बिद्यालय फर्पुका कक्षा ८, ९ र १० का छात्रा बिद्यार्थीहरुलाई राष्ट्रिय आदिबासी जनजाति महिला मञ्चले स्टेसनरीका समाग्रीहरु बितरण गरेको छ । कोभिड–१९ एबम् कोरोना भाईसरका कारण लामो समय सम्म बन्द रहेको बिद्यालय संचालनमा आए सँगै मञ्चले उक्त सामाग्री बितरण गरेको हो ।

 

 

बैकल्पिक शिक्षण सिकाई सहजिकरण निर्देशिका २०७७ को आधारमा असोज ६ गते देखी स्वास्थ मापडण्डलाई पालना गर्दै बिद्यालय संचालनमा ल्याएको बिद्यालयका प्रअ राज कुमार खड्काले बताए । बिद्यार्थीहरुको मनोबल बढाउदैं उनीहरुको पढाईमा सहयोग पुगोस् भन्ने उदेश्यका साथ ४० जना बिद्यार्थीहरुलाई प्रती ब्यक्ती रु. ५०० सहित कपी, कलम, झोला लगाएतका सामाग्री बितरण गरेको मंचका अध्यक्ष सुनी लामाले बताए । ४० जना बिधार्थी मध्ये १५ जना किशोरीहरुलाई बालबालिकाको निति तथा कानुन, दौतरी शिक्षा, अन्तर पुस्ता, मानब बेचबिखन तथा ओसार पसार बिरुद् र सुरक्षित बैदेशिक रोजगारको बिषयमा प्रशिक्षण दिइएको थियो ।

 

कार्यक्रममा राष्ट्रिय आदिबासी जनजाति महिला मंचका अध्यक्ष सुनी लामा, उपाध्यक्ष यशोकान्ती भट्टचन, कार्यक्रम संयोजक सनिला लामा, आदिबासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत बहादुर सुनुवार, सोही वडाका वडा अध्यक्ष चन्द्र बहादुर सुनुवार लगाएत बिद्यालयका शिक्षक शिक्षिका र बिद्यार्थीहरुको उपस्थिती रहेको थियो ।