काठमाडौं। सर्वोच्च अदालतको पूर्ण बैठक ‘फुल कोर्ट’ आज बस्ने भएको छ। शुक्रबारका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको पूर्ण बैठक ‘फूल कोर्ट’ बोलाएका हुन्।

जेठ १३ गते बसेको फुल कोर्टको बैठकले कोरोना भाइरस कोभिड-१९ को महामारीका समयमा नियमित मुद्दा, रिट तथा निवेदनहरूमा पेशी तारिखलगायतका कामकारबाही जेठ २१ गतेसम्मका लागि सङ्कुचन गरेको थियो ।

‘बैठकमा प्रधानन्यायाधीश तथा न्यायाधीशहरुले विविधमा आफ्ना कुरा राख्ने तथा आवश्यक ठानेमा संवैधानिक इजलास गठनसम्बन्धी नियमावली संशोधनका विषयमा समेत छलफल हुन सक्ने बुझिएको छ ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हेर्न गठित संवैधानिक इजलासमा रहेका दुई जना न्यायाधीश अलग भएपछि जेठ १८ गते प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले २३ गते अर्को इजलास तोकेका छन् ।