काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अनसनरत डाक्टर गोविन्द केसीले राखेका माग पूरा गर्न सरकारसँग माग गरेको छ । अनसनरत केसीले राखेका माग पूरा गर्न भन्दै सोमबार त्रिवि शिक्षण अस्पतालमा कांग्रेसले २२ मिनेट शान्तिपूर्वक धर्ना दिएको थियो ।
अनसन बसेको २२ दिनसम्म पनी सरकारले केसीसँग वार्ता नगरेको भन्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले केसीसँग वार्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको बताए । यसअघि आइतबार सभापति शेरबहादुर देउवाले डाक्टर केसीका माग पूरा गर्न प्रधानमन्त्री ओलीलाई सार्वजनिक रुपमै अपिल गरेका थिए ।
डाक्टर केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । नागरिक समाजको तफबार्ट पनी बिगत लामो समय देखी बिभिन्न संघ संस्था ब्यक्तीहरुले डाक्टर केसीको पक्षमा आवाज उठाउदैं आईरहेका छन् ।

