काठमाडौं। काठमाडौं उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा थप भएको छ । बुधबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

बैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा थप गर्दै जेठ २० गतेसम्म पुर्‍याइएको थियो । जेठ १४ गतेदेखि २० गतेसम्मका लागि किराना पसलहरुसहित बन्द गरिएको थियो । २१ गतेदेखि हुने निषेधाज्ञामा किराना पसल बिहान ९ बजेसम्म खुला गर्ने निर्णय भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिएका छन्।

 

कोभिड -१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग  गरी २१ गतेदेखि ३१ गतेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो।

जारी निषेधाज्ञाको पूर्णपाठ हेर्न यहाँ क्लिक Click गर्नुहोस्।