काठमाडौं। सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि कूल बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड प्रस्तत गरेको छ। जेठ ७ गते प्रतिनिधि सभा विघटन भएसँगै कामचाउ हैसियतको सरकारले अध्यादेश मार्फत बजेट प्रस्तुत गरे‍को हो।

सरकारले बजेट विनियोजनमा चालू खर्च तर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड, पुँजिगत खर्च तर्फ ३ खर्ब ४७ अर्ब २६ करोड, वित्तीय खर्च तर्फ २ खर्ब ७ अर्ब ९७ करोड र प्रदेश र स्थानीय तह वित्तीय हस्तान्तरण तर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड विनियोजन गरेको छ।

आगामी आवको बजेट व्यवस्थापन गर्न सरकारले राजश्व मार्फत १० खर्ब २४ अर्ब ९० करोड, वैदेशिक श्रणमार्फत ३ खर्ब ९ अर्ब २९ करोड, आन्तरिक ऋणमार्फत २ खर्ब ५० अर्ब र वैदेशिक अनुदान मार्फत ६३ अर्ब ३७ करोडको  स्रोत व्यवस्थापन गरेको छ।

सरकारले गत वर्ष १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट प्रस्तुत गरेको थियो ।