काठमाडौं। आज बसेको मन्त्रिपरिषदको बैठकले करिब १६ खर्ब रुपैयाँको बजेट पारित गरेको छ। सरकारले आगामी अर्थिक वर्षका लागि अर्थ मन्त्रालयले तयार पारेको अनुमानित आयव्यय विवरण मन्त्रिपरिषदले पारित गरेको हो।
सरकारले आजै अध्यादेशमार्फत् बजेट दिउँसो ४ बजे सार्वजनिक गर्दै छ। काम चलाउन सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिंहदरबारबाट बजेट प्रस्तुत गर्ने छन्। प्रतिनिधिसभा विघटन भएसँगै आगामी कार्तिक २६ र मंसिर ३ गते निर्वाचनको घोषणा भएपछि सरकारले चुनाबलाई लक्षित गरी बजेट ल्याउन लागेको हो।
यसैगरी, कोरोना भाइरसको खोपलगायत स्वास्थ्य क्षेत्रको पूर्वाधारमा प्रयाप्त रकम बिनियोजन गर्ने गरी तयार पारिएको बजेट अर्थमन्त्रीले केही बेरमा नै सार्वजनिक गर्दैछन् ।

