काठमाडौं। बेलायतले नेपाललाई सहयोगको घोषणा गरेसँगै स्वास्थ्य सामग्रीहरू काठमाडौं आइपुगेको छ। शुक्रबार चार्टर्ड उडानमार्फत सहयोगका स्वास्थ्य सामग्री नेपाल आईपुगेको हो।

नेपालका लागि बेलायती राजदुत निकोला पोलिटले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई सहयोगबापत आएको २६० भेन्टिलेटर, १९ हजार २ सय थान फेससिल्ड लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसका साथै च्यारिटी संस्था नेपाल मेड युकेले प्रदान गरेको अक्सिजन कन्सन्ट्रेटर पनि ल्याइएको विज्ञप्तिमा उल्लेख छ।