ओखलढुङ्गा। ओखलढुङ्गामा आज (विहीबार) एकैदिन १ सय २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय ओखलढुङ्गाले जनाएको छ। कार्यालयका अनुसार पीसीआर परीक्षणबाट १ सय २५ र १ जना एन्टिजेन विधिबाट गरिएको परीक्षणबाट संक्रमित थपिएको हो।
स्वास्थ्य कार्यालयका प्रमुख समुन तिवारीका अनुसार पीसीआर विधिबाट गरिएको परीक्षणमा लिखु गाउँपालिकामा ७१ जनामा, चम्पादेवी गाउँपालिकामा ३९ जना, चिसङ्खुगढी गाउँपालिकामा १२ जना र सिद्धिचरण नगरपालिकामा ३ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ जना गरी जम्मा १ सय २६ जनामा कोरोना पुष्टि भएको हो।
यससँगै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको संख्या ५ सय ४ पुगेको छ । हालसम्म ४६ जना कोरोना सङ्क्रमित निको भएका छन् भने ३ जनाको कोरोना सङ्क्रमणको कारण ज्यान गुमाएका छन्।