रामेछाप। उमाकण्ड गाउँपालिकामा कोरोना सङ्क्रमितको संख्या ५२ पुगेको छ। गाउँपालिकाको विभिन्न वडामा गरिएको एन्टिजेन परीक्षणमा ति सङ्क्रमितको पुष्टि भएको हो।
गाउँपालिकाका सूचना प्रविधि अधिकृत रमेश कुमार खत्रीका अनुसार जेठ १२ गतेसम्म गरिएको परीक्षणमा वडा नं १ बुम्देलमा ५९ जनामा गरिएको परीक्षणमा ६ जना, वडा नं २ बाम्तिमा ४८ जनामा गरिएको परीक्षणमा ४ जना, वडा नं. ४ प्रितिमा ७७ जनामा गरिएको परीक्षणमा २० जना, वडा नं. ५ प्रितिमा ११ जनामा गरिएको परीक्षणमा २ जना, वड नं. ६ गुप्तेश्वरमा १२ जनामा गरिएको परीक्षणमा ७ र वडा नं. ७ भुजीमा १५ जनामा गरिएको परीक्षणमा ११ जना सङ्क्रमित भेटिएको बताउनु भएको छ।
सङ्क्रमितहरू मध्ये २ जना कोभिड अस्पतालमा रहेको र बाकी ५० जना होम आइसोलेसनमा रहेका छन्।