काठमाडौं। कोभिड -१९ संक्रमण नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा थप भएसँगै शुक्रबार १४ गतेदेखि थप कडा पारिने निर्णय भएको छ। थप गरिएको निधेषाज्ञाको १ हप्ते अवधिमा खाद्यान्न तथा किराना पसलसमेत खोल्न नदिने निर्णय भएको छ।
माछा-मासु, दूध, तरकारीलगायतका लागि भने बिहान ९ बजेसम्म पसल खोल्न दिइने भएको छ। प्रशासनले खाद्यान्न पसलहरूमा सामान किनमेलको बाहानामा भीड बढेको र संक्रमणको जोखिम बढेको भन्दै एक हप्ता खोल्न नदिने निर्णय गरेको हो। सो अवधिमा खाद्यान्न अभाव भइ खाद्य वस्तु खरिद गर्न अत्यावश्य परेमा काठमाडौँ जिल्ला प्रशासनले अत्यावश्यकिय नम्बरहरू उपलब्ध गराएको छ।
सर्वसाधारणलाई खाद्यान्नको अभाव भए नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको तर्फबाट मोबाइल गाडीमार्फत् खरिद बिक्रीको गराउने प्रशासनले जनाएको छ।
प्रशासनले उपलब्ध गराइएका नम्बरहरू:
नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड
प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्द-९८५१३२०३१४
विभागीय प्रमुख भिमबहादुर थापा-९८५११३६७८५
प्रादेशिक प्रमुख, थापाथली ज्ञानु थापा -९८५११२७८८
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड
प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ- ९८५१०२२५६४
नायब कार्यकारी अधिकृत कुमार राजभण्डारी- ९८५१०३३३०३
विभागीय प्रमुख सबल रिजाल- ९८५१११३६६०
अधिकृत प्रज्वल प्रधान- ९८४१३३२९९०, ९८१३२७२५६३
सूचनाको पूर्णपाठ:

