काठमाडौं। नेकपा एमाले सिन्धुलीले पछिल्लो समयमा पार्टीको कार्यादेश विपरीतको गतिविधि देखिएको भन्दै जिल्ला सचिव सूर्य पाख्रीनलाई स्पष्टीकरण सोधेको छ। बिहीबार नेकपा एमाले सिन्धुलीले स्पष्टिकरण सोधेको हो।
नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशमा जाने निर्णय गरेको अवस्थामा सिन्धुली जिल्लाका पाँच राजिनितिक दलहरूको संयुक्त ध्याकर्षण पत्रमा नेकपा एमालेको सिन्धुलीका अध्यक्ष भनी सुर्य पाख्रिनले हस्ताक्षर गरेको पाइएकाले स्पष्टीकरण सोधेको जिल्ला पार्टी अध्यक्ष प्रदिप कटुवालले बताएका छन्। पार्टी अध्यक्ष कटुवाल ले भने, ‘सूर्य जी जिल्ला कमिटीको सदस्य रहेको व्यक्ती ले के कति कारणले पार्टीको हित विपरीतको उक्त वक्तव्यमा हुँदै नभएको पदीय हैसियत देखाइ सहिछाप गर्नु भएको छ । उक्त कार्य का आधारमा तपाइलाई किन कारबाही नगर्ने ? भनेर सोधेका छौँ ।’
अध्यक्ष कटुवालका अनुसार दुई दिन भित्र जवाफ पठाउन मागिएको र वेवास्ता गरे वा चित्तबुझ्दो जवाफ नआएमा पार्टीको विधान अनुसार कारबाही अगाडी बढाउने बताएका छन्।

