काठमाडौं। नेपाली सेनाका सहायक रथी दिनेश केसीको निधन भएको छ। कोरोना सङ्क्रमित केसीको छाउनी स्थित सैनिक अस्पतालमा बिहीबार बिहान निधन भएको हो।  

नेपाली सेनाका अन्सार रथी केसी कोरोना सङ्क्रमण भई एक साता अघिदेखि सैनिक अस्पताल छाउनीमा उपचाररत थिए। १३ नं बाहिनी जावलाखेलका बाहिनीपति केसीको कोरोना सङ्क्रमणका कारण ज्यान गएपछि नेपाली सेनाका पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सामाजिक सञ्जालमा मार्फत दु:ख व्यक्त गर्दै श्रद्धान्जली अर्पण गरेका छन्। केसीको निधनबाट नेपाली सेनाले एउटा अमूल्य सदस्य गुमाएको पूर्व प्रधानसेनापति क्षेत्रीले उल्लेख गरेका छन्।