हायु किशारीहरुलाई बालबालिकाको निति तथा कानुन, दौतरी शिक्षा, मानब बेचबिखन तथा ओसार पसार र सुरक्षित बैदेशिक रोजगारको बिषयमा प्रशिक्षण दिइएको छ । 

राष्ट्रिय आदिबासी जनजाति महिला मञ्चको आयोजनामा बिहिबार सिन्धुली जिल्ला कमलामाई नगरपालिकाकाका १५ जना हायु किशोरीहरुलाई उक्त प्रशिक्षण दिइएको हो । बालबालिकाको अधिकार बारे सुसुचित गराउदैं उनिहरुको नेतृत्व बिकासमा टेवा पु¥याउने उदेश्यका साथ प्रशिक्षण कार्यक्रम राखिएको मञ्चका अध्यक्ष सुनी लामाले बताए । 

सहभागीहरुलाई राष्ट्रिय आदिबासी जनजाति महिला मञ्च अध्यक्ष सुनी लामा, उपाध्यक्ष यशोकान्ती भट्टचन, आदिबासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत बहादुर सुनुवारले प्रशिक्षण दिएका थिए । प्रशिक्षण कार्यक्रम पश्चात सहभागीहरु बिचमा हायु किशोरी मञ्च नामक समुह पनी गठन गरिएको छ । 

प्रशिक्षणका साथै तालिममा सहभागी १५ जना सहित चालिस जना किशोरीहरुलाई राष्ट्रिय आदिबासी जनजाति महिला मञ्चबाट कपी, कलम, झोला लगाएतका स्टेशनरी सामाग्री बितरण गरिएको थियो । 
साथै सोही स्थानका हायु कृषक महिलाहरु पाँच सय लिटरको पानी जम्मा गर्ने ड्रम पनी बितरण गरिएको छ ।  बितरण कार्यक्रममा कमलामाई नगरपालिकाका प्रमुख खड्ग बहादुर खत्री लगाएत बिभिन्न ब्यक्तीहरुको उपस्थिती रहेको थियो ।