काठमाडौं। नयाँ भरिएन्ट सहितको कोरोनाको दोस्रो लहरसँग जुधिरहेको नेपाललाई चीनले १० लाख डोज भाइरसविरुद्धको खोप अनुदान सहयोग गर्ने घोषणा गरेको छ। बुधबार नेपाल र चीनका राष्ट्रपतिबीचको टेलिफोन कुराकानीमा चीनियाँ राष्ट्रपति चिनियाँ राष्ट्रपति सी जिनपिङले सहयोगको घोषणा गरेका हुन्।
नेपालका लागि चिनीया राजदूत हाउ यान्टीले दुई राष्ट्रपतिबीचको टेलिफोन संवादपछि राष्ट्रपति सि जि पिङ् सहयोगका लागि तयार भएको ट्वीटरमार्पत बताएकी छन्। चीनले नेपाललाई सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोप उपलब्ध गराउने छ। यस अघि यही खोप ८ लाख डोज सहयोग गरी सकेको छ।