सिन्धुली। सिन्धुलीमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । कोभिड अस्पताल सिन्धुलीमा उपचाररत २ महिला १ पुरुष सङ्क्रमितको मङ्गलबार मृत्यु भएको हो।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा कमलामाई नगरपालिका वडा नं. ४ का ७८ वर्षिया १ महिला र वडा नं. १४ का ५५ वर्षिया १ महिला रहेका छन् भने लालबन्दी सर्लाहीका ५७ वर्षिया १ पुरुषको पनि कोरवना सङ्क्रमणको कारण मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

हालसम्म सिन्धुलीमा १  हजार ५२ जना संक्रमित रहेका छन् । हालसम्म १ सय ३४ जना संक्रमित निको भईसकेका छन्।