काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ६१३ सङ्क्रमित थपिएका छन्। उपत्यकामा सङ्क्रमणको दर नघटेको मन्त्रालयले जनाएको छ।
सङ्क्रमित मध्ये काठमाडौंमा १ हजार ८६३ जना, ललितपुरमा ४२७ जना र भक्तपुरमा ३२३ जना गरी कुल २ हजार ६१३ जना रहेका छन्। उपत्यकामा मात्रै हालसम्म सङ्क्रमितको संख्या २ लाख ३१ हजार ८४८ रहेको छ। जसमा निको हुने संख्या २ लाख १ हजार १११ जना निको भएका छन् ।
उपत्यकामा कोरोना सङ्क्रणको कारण हालसम्म २ हजार २०४ जनाक मृत्यु भईसकेको छ, भने हाल २८ हजार ४४३ सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।