रामेछापको मन्थली नगरपालिकामा एक पुरुषको वेवारिसे शव फेला परेको छ । मन्थली नगरपालिका –८ गाईखुरा स्थित तामाकोसी नदी किनारामा करिब ६० बर्षिय पुरुषको शब फेला परको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले जानकारी दिएका छन्।
सडिगली सकेको अवस्थामा भेटिएको शबको नाम थर वतन खुल्न सकेको छैन । सेतामा निलो धर्का भएको कोठे सर्ट र कालो पाइन्ट लगाएको अबस्थामा उक्त पुरुषको शव भेटिएको हो ।

