खाङसाङ। फिक्कल गाउँपालिकामा थप ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। गाउँपालिकाले गत जेठ ८ गते कन्ट्रयाक्ट ट्रेसिङबाट र कोभिड १९ सग मिल्दो जुल्दो लक्ष्यण देखा परेकाहरू ६५ जनाको पिसिआर स्वाव संकलन गरी परीक्षणको लागि पठिएकोमा ति सङ्क्रमितहरू पुष्टि भएको हो।
गाउँपालिकाका उपाध्यक्ष पार्वती सुनुवारका अनुसार आज आएको पिसिआर रिपोर्टमा २१ जना महिला र १७ जना पुरुष गरी जम्मा ३८ जनामा कोभिड -१९ सङ्क्रमण पुष्टि भएको हो। सङ्क्रमितहरू मध्ये गाउँपालिकाको वडा नं. ३ का ४ जना, वडा नं ४ का १० जना र वडा नं. ५ का २५ जना रहेका छन् ।
संक्रमित महानुभावहरुको स्वास्थ्य स्वास्थ्यलाभको कामना गर्दै आवश्यक सावधानी र सजगता सहित स्वास्थ्य मापदण्ड अपनाउनु हुन उपाध्य सुनुवारले अनुरोध गर्नु भएको छ।