काठमाडौं। उपत्यकामा लगाइएको निषेधाज्ञा एक साताका लागि थप गरेर जेठ २० गतेसम्म पुर्‍याईएको छ। कोरोना संक्रमण दर नघटेकाले निषेधाज्ञाको अवधि थप गरिएको हो।

अत्यावश्यकिय पसलहरू औषधी पसल बाहेक बिहान ९ सम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल खोल्न पाइने छ । तर जिल्ला प्रशासन कार्यालय काठमाडौँले किराना पसल, डिपार्टमेन्टल स्टोल चाहिँ बन्द गर्ने निर्णय भएको जनाएको छ ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको आज बसेको बैठकले उक्त निर्णय गरेको हो।