इलाम। इलाम स्थित सूर्योदय नगरपालिकाले नगर क्षेत्रमा अत्यावश्यकिय सेवामा रहेका सवारी चालकहरूको पिसिआस परीक्षण थालेको छ। पहिलो चरणमा वडा नं. ३, ४ र ५ का अत्यावश्यकिय सवारी चालहरूको एन्टिजेन परीक्षण गरिएको हो।

सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राईका अनुसार कोभिड सङ्क्रणको क्रमलाई ब्रेक गर्न अत्यावश्यकिय सवारी चालकहरूको एन्टिजेन गरिएको जनाउनु भएको छ। नगर प्रमुख राईका अनुसार वडा नं. ३ मा १७ जना सवारी चालककोप परीक्षण गर्दा ९ जना सङ्क्रमित फेला परेको र वडा नं. ५ मा ५० जनाको परीक्षण गर्दा १० जनामा सङ्क्रमण पुष्टी भएको जनचासो खबरलाई जानकारी दिनु भयो। त्यस्तै वडा नं ४ मा परीक्षण गरिएको ३० जनाको भने सबैको एन्टिजेन परीक्षण नेगेटिभ आएको बताउनु भयो। वडा नं. ३ का मेहलबोटे क्षेत्रमा, वडा नं. ४ को सीमा नाका-छब्बीसे-मेची-सल्ललेरी क्षेत्र र वडा नं ५ को शान्तिबजार क्षेत्रका सवारी चालहरूको एन्टिजेन परीक्षण गरिएको हो। 

 

त्यस्तै, उहाँले नगरपालिकाको  सीमा क्षेत्र मानेभन्ज्यागमा कोभिडको परीक्षण सम्पन्न भैसकेको जनाउनु भएको छ।  कोभिडको जति बढी परीक्षण गर्न सकियो उत्ति नै संक्रमण हुनुबाट बाच्न र सङ्क्रमण नियन्त्रण गर्न सकिने भएकाले नगरपालिकाले थालेको खोजपड्ताल थालेको हुँदा त्यस कार्यमा सहयोग गर्न अध्यक्ष राईले अनुरोध गर्नु भएको छ। 

नगर प्रमुख राईका अनुसार जेष्ठ -१२ गते ११ बजे पशुपतिनगर PHC मा सम्पूर्ण अन्तरपालिका वा अन्न्तरजिल्ला चल्ने सवारी साधन चालकहरूको कोभिड परीक्षण हुने जनाउनु भएको छ। उहाँले एन्टिजेन नि:शुल्क परीक्षण हुने भएकाले  निर्माण सामाग्री ढुवानी गर्ने, सागसव्जी ढुवानी गर्ने, खाद्य सामाग्री ढुवानी सवारी चालकहरूलाई एन्टिजेन परीक्षणका लागि उपस्थित हुन अनुरोध गर्नु भएको छ।

नगरपालिकाले सवारी चालकहरूले अनिवार्य कोभिड परीक्षण गरी परीक्षणको प्रमाण-पत्र स्वास्थ्य शाखाबाट लिएको हुनुपर्ने बताउनु भएको छ । परीक्षणको प्रमाण-पत्र विना पास उपलब्ध नहुने पनि बताउनु भएको छ।

एन्टिजेन परीक्षणका लागि वडा नं.३ का लक्षण भएको जोकोहि व्यक्तिले पनि परीक्षणको निम्ति जेष्ठ -१२ गते ११ बजेपछि पशुपतिनगर PHC मा सम्पर्क राख्न अनुरोध गर्नु भएको छ त्यसै गरी वडा नं. -११ ले वडा कार्यलयमा जेष्ठ -१२ गते २ बजेपछि सम्पर्क राख्नु अनुरोध गरिएको छ।