काठमाडौं। नेपाल आदिवासी जनजाति महासंघले ‘कोभिड–१९ राहत कोष २०७८’ स्थापना गरेको जनाएको छ। विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड –१९)लाई मध्यनजर गर्दै महासंघको शुक्रबार बसेको बैठकले सो कोषको स्थापना गरेको हो।
महासंघका अध्यक्ष जगत बरामले विज्ञप्ति जारी गर्दै 'यस विषम परिस्थितिमा कोभिड–१९ विरुद्ध लड्नका हाम्रो सामथ्र्यले भ्याएसम्म थोरै भए पनि केही योगदान गर्ने ध्येयले महासंघले “नेपाल आदिवासी जनजाति महासंघ कोभिड–१९ राहत कोष २०७८” खडा गरेका छौं । आदिवासी जनजाति र बहिष्कृत वर्ग समुदायलाई अत्यावश्यक राहत वितरण गर्ने, उपचार र संक्रमितहरुका लागि स्वास्थ्य सामग्री प्रदान गर्ने, लगायत आदि उद्देश्यले यो कोष खडा गरिएको अबगत गराउँदछौं । महामारीको संकटको बेला जे जति जसरी सकिन्छ आआफ्नो तवरले कोषमा सहयोग पुर्याएर लोककल्याकारी हितको लागि विभिन्न संघ संगठनहरु, पेशा व्यवसायीहरु र आम नागरिकमा हार्दिक अनुरोध सहित अपिल गर्दछौँ' भनेका छन्।
विज्ञप्तिमार्फत कोभिड–१९बाट संक्रमित सबैको स्वास्थ्य लाभको कामना गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण सहित शोकमग्न परिवारमा गहिरो समवेदना व्यक्त गरेका छन् भने कोभिड–१९को विरुद्ध सबै एकजुट हुन र स्वास्थ्य प्रोटोकलको पालना गर्नु गराउनुहुन सबैमा हार्दिक अपील समेत गरेका छन्।

