काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङको पहलमा सरकारले चरिकोट र जिरी मा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडियू जडानका लागि क्रमश रु. एक करोड ५५ लाख, र रु. ८० लाख बिनियोजन गरेका छन्।
सरकारले देशभरका विभिन्न १३ अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडियू जडानका लागि रु. १७ करोड ८७ लाख ७० हजार विनियोजन गरेकोमा दोलखाको दुई स्थान प्राथमिकतामा परेको हो। जसका लागि मन्त्री गुरुङको विशेष पहल रहेको अनुमान छ।
यसका अलवा सरकारले भक्तपुर क्यान्सर अस्पताल .रु २ करोड, जुम्लास्थित कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान रु. ५ करोड १२ लाख ७० हजार, बाजुरा अस्पताललाई रु. ७५ लाख, बझाङ अस्पतालका लागि रु. एक करोड ५५ लाख, यसैगरी डोटी अस्पतालक रु. ८० लाख, अछाम अस्पताल रु. ७५ लाख, सोलुखुम्बु अस्पतालरु ७५ लाख, खोटाङ अस्पताल रु. ७५ लाख, ताप्लेजुङ अस्पताल रु. ७५ लाख, सूर्यविनायक अस्पताल रु. ७५ लाख र मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका रु. एक करोड ५५ लाख निकासा दिएको अर्थ मन्त्रालयले आज जनाएको छ ।