काठमाडौं। सरकारले अध्यादेशमार्फत सार्वजनिक पद धारणको सपथबाट "प्रतिज्ञा गर्दछु" भन्ने शब्द हटाएको छ। यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष प्रधानमन्त्री पदको सपथ लिँदा ‘त्यो पर्दैन’ भन्दै’ प्रतिज्ञा गर्दछु’ भन्ने शब्द भन्न अस्वीकार गरेसँगै विवाद उत्पन्न भएपनि सरकारले सपथसम्बन्धी अध्यादेश जारी गरेको थियो।
त्यस्तै, सरकारले सार्वजनिक पद धारण गर्ने व्यक्तिले सपथ लिन औपचारिक पोशाकमा उपस्थित हुनुपर्ने नयाँ व्यवस्था जारी गरेको छ। सपथसम्बन्धी अध्यादेशमा सार्वजनिक पदधारण गर्ने व्यक्तिले सपथ लिँदा वा सपथ गराउँदा नेपाल सरकारले तोकेको औपचारिक पोशाकमा उपस्थित हुनुपर्ने व्यवस्था गरेको हो। यद्यपी आफ्नो संस्कृति र परम्परा वा पहिचान झल्किने मर्यादित भेषभूषा वा पोशाक लगाएर सपथ लिन सकिने अध्यादेशमा व्यवस्था गरिएको छ।
सार्वजनिक पद धारण गर्ने व्यक्तिको सपथ सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशको पूर्ण पाठ:

