काठमाडौं। आज बिहान काठमाडौंमा भुकम्पको दुईवटा धक्का महशुस गरिएको छ। बुधबार बिहान ५ बजेर ४३ मिनेट र ८ बजेर २७ मिनेट जाँदा भुकम्पको धक्का महशुस भएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दुईवटै भुकम्प लमजुङको भुलभुले केन्द्रविन्दु भएर गएको जनाएको छ। बिहान ५ बजेर ४२ मिनेट जाँदा ५.८ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ। त्यस्तै ८ बजेर २७ मिनेट जाँदा ५.३ म्याग्निच्युडको भुकम्प गएको जनाएको छ।

 

भूकम्प २०७२ सालको महाभूकम्पको पराकम्प भएको केन्द्रले जनाएको छ। भूकम्पको धक्का काठमाडौँ उपत्यकासहितका क्षेत्रमा पनि महशुस भएको थियो । थप विवरण आउँन बाँकी रहेको केन्द्रले जनाएको छ।

भुकम्पको केन्द्रविन्दु रहेको लमजुङको भुलभुलेमा सामन्य क्षति पुगेको भनिए पनि विस्तृत विवरण आउन बाँकी छ।