मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले तीन अध्यादेश जारी गरेकी छन् । तीन अध्यादेशमा तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७७, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७७ रहेका छन् ।
जस अन्तर्गत तेजाब बिक्री वितरणमा अनुमति लिनुपर्ने प्रावधान राखिएको छ । फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी ऐन संशोधन गर्ने गरी अध्यादेशमा तेजाब आक्रमण गर्नेलाई विगतको भन्दा कडा सजायको व्यवस्था गरिएको छ ।
यो व्यवस्था लागु भएपछि अनुहारमा तेजाब आक्रमण गर्नेलाई २० वर्षसम्म कैद सजाय हुनेछ ।

