काठमाडौं। नेपालमा थप नयाँ भेरियन्टको कोरोना सङ्क्रमण फैलिएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मङ्गलबार सूचना जारी गर्दै मन्त्रालयले नयाँ भेरिएन्टको कोरोना फैलिएको जनाएको हो।
मन्त्रालयले गत साता देशका विभिन्न स्थानबाट ३५ नमुना सङ्कलन गरेर जिन सिक्वेन्सिङ को लागि भारत पठाईएको थियो र त्यसमा नयाँ नयाँ भेरिएन्ट फैलिएको पाईएको हो।
भारतको ल्याबमा गरिएको जिन सिक्वेन्सिङको मंगलबार प्राप्त नजिताअनुसार ३४ वटा नमुनामा बी १.६१७.२ र तीन प्रतिशत अर्थात एउटा नमुनामा बी १.६१७.२ पुष्टि भएको छ । यो दुबै भेरियन्ट भारतमा पहिलो पटक भेटिएको थियो ।
विस्तृतमा सूचना: