काठमाडौं। कोरोना महामारी रोक्ने कार्ययोजना ७ दिन भित्र ल्याउन सर्वोच्चले सरकारलाई अन्तरिम आदेश दिएको छ। सोमबार न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले अक्सिजन, आधारभूत औषधि र अस्पतालको बेड पाउने सुनिश्चितता लगायतका पक्षहरूको व्यवस्थापन र कार्यान्वय गर्ने भन्दै अन्तरिम आदेश जारी गरेको हो ।
सर्वोच्चले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य तथा जनसंख्या, गृह, कानून, न्याय तथा संसदीय मामिला र अर्थ मन्त्रालयलाई विपक्षी बनाई अधिवक्ता मनीषकुमार श्रेष्ठले आइतबार दायर गरेको रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गरेको हो ।
अन्तरिम आदेश विस्तृतमा: