तस्बीर

दमौली। तनहुँको व्यास नगरपालिका-५ मानुङकोटमा सूर्योदय र कुहिरो अवलोकनका लागि पुगेका आन्तरिक पर्यटक । सूर्योदय र कुहिरो अवलोकनका लागि मानुङकोटमा आन्तरिक पर्यट…

तनहुँ। धान भित्र्याउने चटारोमा किसान, व्यास नगरपालिका–३ महर्षिचोकमा धान बत्ताउँदै किसान ।

बेनी म्याग्दीको रघुगंगा गाउँपालिका– ३ कलेजाबाङबाट देखिएको गाउँपालिकाको केन्द्र मौवाफाँटको पाकेको धानखेतको फाँट र घरहरु।

बागलुङ। बागलुङ नगरपालिका–४ मा रहेको कुँडुले फाँटभरि पहेँलपुर भएर पाकेको धानबाली । किसान यतिबेला धान र कोदोबाली भित्र्याउन व्यस्त छन् ।

ढोरपाटन। काठेखोला गाउँपालिका–७, रेशबाट देखिएको ओदानेडाँडा र पृष्ठभूमिमा अन्नपूर्ण हिमाल ।

कुश्मा। पर्वतको सदरमुकाम कुश्मा बजारबाट देखिएको माछापुच्छ्रे हिमाल ।