सिन्धुली। कोरोनाबाट सुरक्षित रहँदै वडा अध्यक्ष प्राविधिक सहित सडक अनुगमनमा सिन्धुलीको कमलामाई नगरपालिका ५ स्थित ढाक्रेबासबाट सिलामे सम्मको सडक कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ।

चैत महिनामा सुरु भएकोे ४ सय मिटर लामो सडक आरसिसि ढलान सहित कालोपत्रे गरेर अन्तिम चरणमा पुगेको ५ नं. वडाका वडा अध्यक्ष पुर्ण बहादुर खड्काले बताए। वडा अध्यक्ष खड्का आज प्राविधिक सहित सडक अनुगमनमा निस्किएका छन् । कोरोनाको नयाँ भेरियन्ट संक्रमण बाट सुरक्षित भएर वडा सचिब उज्वल बिक्रम थापा सहित वडाका प्राबधिक पनि सडक अनुगमनमा निस्किएका हुन् । सडक अनुगमनका क्रममा सडकमा गुणस्तरिय काम भइरहेको वडा अध्यक्ष खड्काले बताए ।

असार १५ गते सम्म सडक हस्तानतरण गर्नुपर्नमा समय अगाबै सडक कालोपत्रे सकिने अध्यक्षको भनाई रहेको छ । उक्त सडक कालोपत्रेका लागि कमलामाई नगरपालिकाको १ करोड ५६ लाख बजेटमा श्री कृष्ण दाहाल निर्माण सेवा जेभिले ठेक्का पाएको थियो । सो सडक माढिबजार बाट मरिण गाउँपालिका,महात्तरिको खयरमारा जोड्ने सडक हो । बर्खाको सययमा सडक हिलाम्मे हुँदा आवात जावतमा सर्बसाधारण तथा स्थानिय लाई हैरानि बेहोर्नुपर्न थियो ।