सिन्धुलीमाढी। स्थानीय उत्पादन खाद्य सामग्रीको बजारीकरण नहुँदा महिला उद्यमी विस्थापित हुनुपर्न बाध्यता भएको छ। सौगात लघु उद्योगमा उत्पादन भएका स्थानीय खाद्य समग्रीहरूले बजार नपाउँदा उक्त उद्यममा कार्यरत महिला उद्यमीहरूलाई विस्थापित गर्नुपरेको सौगात लघु उद्योग तथा सहकारि संस्थाका अध्यक्ष बिमला थापाले गुनासो गर्नु भएको छ।

उक्त उद्योगमा ४ जना महिला उद्योमीहरूले रोजगार पाएका थिए । विश्वभर माहामारिको रुपमा फैलिएको कोरोना भाइरसका कारण गत वर्षपनि १ लाख भन्दा बढिको स्थानीय उत्पादन खुवा, चकलेट नष्ट गर्नुपरेको अध्यक्ष थापाले बताउनु भयो।

अहिले पनि काठमान्डौं, हेटौडा जस्ता शहरहरूमा लकडाउन भएकाले स्थानीय उत्पादन खुवाको चकलेट,मस्यौरा,गुन्द्रुक आलसको छोप तथा पिठोजन्य सामग्रीहरू निर्यात गर्न नपाउँद उत्पादननै रोक्न परेको अध्यक्ष थापाले गुनासो गर्नुभयो । बार्षिक रुपमा सौगात लघु उद्योगले ८ लाखको स्थानीय उत्पादन सामग्री निर्यात गर्ने गरेको थियो।

थापा भन्नु हुन्छ “सिन्धुलीको बजारमा मात्रै उत्पादन सामग्रीले बजार नपाउने बाहिर निर्यात गर्न ठप्प भएकाले उद्यमीहरूलाई काम बाट विस्थापित गर्नुपरेको छ । आफैले सिकाएर उद्यमी बनाए अहिले काममा अब नआउनु भन्दा दुख लागेको छ।” 

कमलामाई नगरपालिका ७ की सीता बराल करिब ३ वर्षदेखि निरन्तररुपमा उक्त उद्योगमा काम गर्दै आउनु भएको थियो । राजगारी गरेर आफ्नो खर्चका लागि आफैँले जुटाउँदै आउनु भएको थियो । उत्पादन भएका सामग्री बजारिकरण हुन ठप्प भएपछि काममा जान छोडेको उहाँले बताउनु भयो । स्थानीय सरकारले स्थानीयरुपमा उत्पादन भएका सामग्रीहरूको बजारिकणको जिम्मा लिनेभए महिला उद्यमीहरू रोजगार बाट विस्थापित हुनुनपर्न थापाले बताउनु भयो ।