सिन्धुलीको दुधौली नगरपालिका ८ खोर भन्ज्याङमा नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) को पार्टी कार्यलयको उद्घाटन गरिएको छ । माओवादी केन्द्र सिन्धुली जिल्लाका अध्यक्ष राजन दाहालले पार्टी कार्यलयको उद्घाटन गर्नुभएको हो।
उद्घाटन कार्यक्रममा संघिय क्षेत्र नं १ का प्रमुख तथा माओवादी केन्द्रका पार्टी स्कुल बिभाग प्रमुख ज्वाला न्यौपाने (पुकार),दुधौली नगरपालिकाका इन्चार्ज मातृका भट्टराई,जिल्ला कमिटि सदस्य गणेष रत्न,दुधौली नगरपालिकाका माओवादी केन्द्रका अध्यक्ष दिपक खड्का लगायतको उपस्थिती रहेको थियो ।
पार्टी कार्यलयको उद्घाटन गर्नु हुँदै अध्यक्ष दाहाहलले जिल्लाको वडावडामा पार्टी कार्यलयको स्थापना गरेर पार्टीलाई अगाडि बढाउँदै लैजाने बताउनु भयो । उहाँले माओवादी केन्द्र अब नयाँ गतिमा अगाडि बढ्ने पनि बताउनु भयो । त्यसैले आफ्नो आफ्नो कर्तब्य निर्बाह गर्न उहाँले आग्रह समते गर्नुभएको छ । त्यस्तै उहाँले हामिले देखाएको समाजवादी सपना माओवादी केन्द्रकै नेतृत्वमा पुरा हुने बताउनु भयो ।
यसैबीच आज दुधौली नगरपालिका वडा नं ८ को गोबिन्द रानाको अध्यक्षतामा २५ जनाको नयाँ कार्यसमिती गठन गरिएको छ । सिन्धुलीको दुधौली नगरपालिका ८ खोर भन्ज्याङमा नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) को पार्टी कार्यलयको उद्घाटन गरिएको छ ।
माओवादी केन्द्र सिन्धुली जिल्लाका अध्यक्ष राजन दाहालले पार्टी कार्यलयको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा संघिय क्षेत्र नं १ का प्रमुख तथा माओवादी केन्द्रका पार्टी स्कुल बिभाग प्रमुख ज्वाला न्यौपाने (पुकार), दुधौली नगरपालिकाका इन्चार्ज मातृका भट्टराई,जिल्ला कमिटि सदस्य गणेष रत्न,दुधौली नगरपालिकाका माओवादी केन्द्रका अध्यक्ष दिपक खड्का लगायतको उपस्थिती रहेको थियो ।
