सिन्धुलीमाढी। सिन्धुलीस्थित करकरेमा करेन्ट लागेर १ जना पुरुषको मृत्यु भएको छ। कमलामाई नगरपालिका ८ करकरेमा बुधबार बिपि राजमार्गबाट ५० मिटर भित्र जङ्गलमा बिधुतको हाइटेन्सनको टावरमा चढेर बिधुत मर्मत गर्न क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा बाँके जिल्लाको राप्तीसुनारी गाउँपालिका ९ का बिशाल चौधरिको भएको जिल्ला प्रहरि कार्यलय सिन्धुलीका प्रहरि प्रबक्ता मनोज लामाले बताउनु भयो ।

यसैबीच भिरबाट लडेर अर्का एक जना पुरुषको मृत्यु भएको छ। कमलामाई नगरपालिका २ ढुङ्ग्रेभन्ज्याङमा घाँस काट्न जाँदा भिरबाट लडेर स्थानिय ५८ बर्षिय फणिन्द्र बहादुर श्रेष्ठको मृत्यु भएको हो । घाँस काटेर घर नफर्किएपछि आफन्तहरु खोज्न जाँदा मृत अबस्थामा फेला परेको जिल्ला प्रहरि कार्यलय सिन्धुली डिएसपि तथा प्रहरि प्रबक्ता मनोज लामाले जानकारि दिनुभयो ।