प्रथम क्युँञित बु फुटसल कप २०८२ आयोजना हुने भएको छ । क्युँञित बु कल्याण कोषले खेलकुदको माध्यमबाट सुनुवार युवाहरुलाई एकता गराउने उदेश्य सहित प्रथम क्युँञित बु फुटसल कप २०८२ आयोजना गर्ने भएको हो । 

२०८२ साउन ३१ गते शनिबारको दिन रोयल नेपाल फुटसल, न्यु प्लानिङ, पेप्शिकोला भक्तपुरमा नेपालको आदिबासी सुनुवार समुदायको बिचमा क्युँञित बु फुटसल कप २०८२ आयोना गर्न लागिएको क्युँञित बु कल्याण कोषका अध्यक्ष बेद बहादुर सुनुवारले बताउनु भयो । फुटसल कप प्रतियोगिता बिहान ७ः०० बजे देखी संचालन हुने भएको छ । 
फुटसल प्रतियोगिताका लागी २०८२ साल साउन २५ गते सम्म टिम दर्ता अन्तिम मिति राखिएको पनि अध्यक्ष सुनुवारले बताउनु भयो । आयोजक बाट टिम दर्ताको लागी फारम खुल्ला गरिएको छ । खेलाडीहरुले आयोजक संस्था क्युँञित बु कल्याण कोषको कार्यालय र सुनुवार सेवा समाजको संघीय कार्यालय कोटेश्वर काठमाडौंमा समेत टिम दर्ता फारम बुझाउन सक्ने आयोजकले बताएका छन । 

प्रथम हुने टिमलाई रु. पचास हजार नगद सहित, ट्रफी, मेडल र प्रमाणपत्र, त्यसैगरि द्घितिय हुने टिमलाई रु. तिस हजार नगद सहित, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्युँञित बु फुटसल कप २०८२ का संयोजक ईन्द्र बहादुर सुनुवार (प्रकास) ले बताउनु भयो । फुटसल कप प्रतियोगितामा सुनुवार समुदायका खेलाडी समुह तथा संस्थाहरु मात्र सहभागी हुन सक्ने खेलकुद संयोजक सुनुवारले बताउनु भयो । क्युँञित बु कल्याण कोष नेपालको आदिबासी सुनुवार जाति भित्रको बिभिन्न थर मध्ये एक थरगत संस्था हो ।