सिन्धुली। स्थानीय जङ्गमा लागेको आगो निभाउने क्रममा जलेर घाएते भएकी ७५ वर्षिया बृद्धाको मृत्यु भएको छ । सिन्धुलीको कमलमाई नगपालिका २ भद्रकाली बेसारेकी छलिमाया तामाङको गत बुधबार  स्थानीय जङ्गलमा लागेको आगो निभाउने क्रममा आगोले पोलेर गम्भिर घाइते हुनुभएको थियो।

उहाँलाई उपचारका लागि काठमाडौं स्थित कीर्तिपुर हस्पिटलमा लागिएको थियो। उपचारकै क्रममा गत आइतबार राति मृत्यु भएको मृतक तामाङको परिवारले जनाएका छन्। आगोले पोल्दा उहाँको शरीर  ६५ प्रतिशत जलेको थियो। उहाँको पार्थिव शरीर सोमबार स्वयम्भुमा अन्यष्टि गरिएको जनाइएको छ।

उक्त घटनालाई लिएर स्थानीय सरकार, जनप्रतिनिधिले चासो नदेखाएको भन्दै समाजसेवी उज्वल बिक्रम थापाले आपत्ति जनाउनु भएको छ। उहाँले आफ्नो सामाजिक सन्जाल फेसबुक मार्फत भोट माग्नलाई घरघर पुग्ने जनप्रतिनिधि जनताको दु:ख किन  बुझ्दैन भन्दै आपत्ति जनाउनु भएको हो।