सिन्धुलीमाढी। गोरखाको बार्पाक केन्द्रविन्दु भएर ७.६ रेक्टर स्केलको विनाशकारी भुकम्प गएको ६ वर्ष पुरा भएको अवसरमा जिल्ला समन्वय समिति सिन्धुलीले समिक्षात्मक गोष्ठी तथा स्मृति दिवस कार्यक्रम सम्पन्न गरेको छ। आईतबार जिल्ला समन्वय समिति सिन्धुलीको सभाहलमा जिसस सिन्धुलीका अध्यक्ष शंकर राज तिवारी वर्माको अध्यक्षता तथा प्रतिनिधिसभा सांसद हरिबोल गजुरेलको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो।
विनाशकारी भुकम्प स्मृति दिवस कार्यक्रममा अति प्रभावित जिल्ला सिन्धुलीमा भूकम्पपछिको पुनर्निमाणको अवस्था, विपद्को बेला अपनाउनु पर्ने पूर्व सावधानी र त्यसको तयारी लगायतका विषयमा छलफल गरिएको अध्यक्ष शंकर राज तिवारी वर्माले जानकारी दिनु भयो। उहाँले विनाशकारी भुकम्पले सिकाएको पाठ र त्यसपछि राज्य संघीय संरचनामा गए पश्चात भएका भौतिक पूर्वाधारको विकासमा भूकम्प प्रतिरोधी संरचनाहरू निर्माणमा जोड दिईएको र जिल्लालाई विपदबाट थप सुरक्षित बनाउनका लागि समेत जिल्लाबाट संघ तथा प्रदेशमा निर्वाचित जनप्रतिनिधिहरू सहितको समिक्षात्मक कार्यक्रम आयोजना गरिएको बताउनु भयो।
कार्यक्रममा बागमती प्रदेश सांसदहरु लेखनाथ दाहाल (राजन), प्रदीप कटुवाल, जिल्ला समन्व उप-प्रमुख, स्थानीय तहका प्रमुखहर, प्रमुख जिल्ला अधिकारी, जिल्ला संमन्व अधिकारी, जिल्लाका कार्यालय प्रमुखहरुलगायतको उपस्थिति रहेको थियो ।
