नेपाल चेम्बर अफ कमर्स हङकङको छैठौं अधिवेशन बाट अध्यक्षमा शशीमदन राई निर्विरोध निवार्चित भएका छन । शुक्रबार जोर्डन स्थित रहेको ब्लु ओसन रेस्टुरेन्टको सभाहलमा सम्पन्न अबिधेशनबाट अध्यक्ष सहित आठ सदस्सीय पदाधिकारी निर्वाचित भएका छन । प्रथम उपाध्यक्षमा धिराज कुमार राई र उपाध्यक्षमा प्रदीप कन्दङवा, महासचिवमा वरदान गुरुङ, सचिवमा जयप्रकाश गुरुङ , कोषाध्यक्षमा लक्ष्मण थापा र सदस्यहरुमा बिक्की थापा र विश्वनाथ घिसिङ निर्वाचित भएका हुन । 

लवकुमार गुरुङको अध्यक्षता सम्पन्न अबिधेशनको उद्घाटन निमित्त नेपाली महावाणिज्यदूत सतिशकुमार गुरुङको प्रमुख आतिथ्यतामा भएको छ । अधिवेशनको उद्घाटन समारोहमा याउ चिम मोङ जिल्ला पार्षद अरुणा गुरुङ, पर्यटन संस्कृति तथा उड्डयन मन्त्रालय नेपालबाट हङकङका लागि नियुक्त पर्यटन प्रवद्र्धक प्रकाश पुन, नेपाली उद्योग वाणिज्य महासंघ नेपालका प्रतिनिधि कृष्ण पाण्डे , गैरआवासीय नेपाली संघ केन्द्रीय समिति महिला सचिव राधिका गुरुङ, गैरआवासीय नेपाली संघ हङकङका अध्यक्ष गोकर्ण ढकाल, हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ, नेपाली युवा उद्यमी महासंघका अध्यक्ष इन्द्र पुन, नेपाल चेम्बर अफ कमर्स हङकङका प्रमुख सल्लाहकार दासुराम पराजुली, सोही संस्थाका संस्थापक सदस्य राम ली  राई, कुलप्रसाद गुरुङ निवर्तमान सल्लाहकार हेजेन राई, प्रीतम श्रेष्ठ लगायत हङकङ नेपाली समाजका विशिष्ट व्यक्तित्वहरूको उपस्थिती रहेको थियो ।

उक्त अधिवेशनबाट चयन भएका पदाधिकारीहरूलाई निर्वाचन मण्डलका प्रमुख दासुराम पराजुलीले पद तथा गोपनीयताको शपथ खुवाएका