सिन्धुली। हरिहरपुरगढी गाउँपालिकाको क्यानेश्वर माध्यमिक विद्यालय पान्तलेको २४ कोठे भवन आज हस्तान्तरण गरिएको छ । एसियालि विकास बैंकको ऋण सहयोगमा नेपाल सरकार, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन ईकाई शिक्षाद्धारा निर्माण सम्पन्न भएको भवन आज हस्तान्तरण गरिएको हो । 

भुकम्प दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज क्यानेश्वर माध्यमिक विद्यालय विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामशरण स्याङ्तानको अध्यक्षता तथा वडा अध्यक्ष सार्किमान तामाङको प्रमुख आतिथ्यतामा विद्यालय हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो। 

विद्यालय हस्तान्तरण कार्यक्रम

विद्यालय निर्माणका लागि २०७५ साल मंसिर २३ गतेबाट तामाङ मरिण कस्ट्रक्सन प्रा.लि.का प्रमुख बिष्णु बम्जनले ठेक्का पाउनु भएको थियो । तामाङ मरिण कन्ट्रक्सन प्रा.लि.ले ८ करोड ८६ लाख ९१ ह्जार ८ सय १७ रुपैयामा ठेक्का पाएको हो । २०७७ साल मंशिर २३ गते सम्पन्न गर्नुपर्ने सम्झौता भएपनि कोरोनाका कारण ६ महिना म्याद थपिएको निर्माण ब्यवसायी बम्जनले जानकारि दिनु भयो । सुविधा सम्पन्न भवन २४ वटा कोठा, कम्युटर ल्याब, साइन्स ल्याब, बालकालिकामैत्री, अपाङ्गमैत्री, शौचालय तथा खनोपानीको ब्यवस्था रहेको छ । २०७१ सालमा गएको भुकक्पले विद्यालयको भवन भत्काइदिए पछि टहरामा पठनपाठन गर्न कठिन भएको थियो । सुविधा सम्पन्न भवनमा पढ्न पाउँदा विद्यार्थीहरु खुसी भएका छन् । 

क्यानेश्वर माध्यमिक विद्यालय २०३२ सालमा प्राथामिक विद्यालयको रुपमा स्थापना भएको हो । अहिले उक्त विद्यालयमा १८ महिने पशु विज्ञान, शिक्षा र बाणिज्य संकाय मा.वि.सम्म पठनपाठन हुने विद्यालयका प्रधानाध्यापक राकेस कुमार मण्डलले बताउनु भयो । प्रधानाध्यापक मण्डलले भवन निर्माणका लागि सम्पूर्णलाई धन्यबाद दिनुहुँदै विद्यालयमा खानेपानीको समस्या रहेको गुनासको गर्नु भयो । विद्यालयमा अहिले ५ सय ३ जना विद्यार्थीरु अध्ययनरत रहेका छन् । 

नवनिर्मित २४ कोठे भवन

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै केन्द्रीय आयोजना कार्यान्वयन ईकाई शिक्षा सिन्धुलीका प्रमुख बिष्णु भट्टराईले विद्यालय निर्माण गुणस्तरिय रहेको बताउनु भयो । उहाँले विद्यालयको रेखदेख शिक्षक, अभिभावक र विद्यार्थीले मिलेर गर्नुपर्न बताउनु भयो । 

विद्यालय हस्तान्तरण कार्यक्रममा केन्द्रीय आयोजना कार्यान्वयन ईकाई शिक्षाका प्रमुख इन्जिनियर शेर पुजार, डिएलपिआइ सिन्धुलीका प्रमुख दिपेन्द्र जमकटेल, इन्टेक लुम्बिनी जेभिका प्रमुख दिपेन्द्र भगत लगायतको उपस्थिती रहेको थियो ।