सिन्धुलीमाढी। शिद्धस्थली इङलिस बाेर्डिङ स्कुलले पूर्व प्राथामिक तह उत्तीर्ण गरि प्राथामिक तह प्रवेश गरेका आफ्ना विद्यार्थीहरूलाई आज एक समाराेहबीच दिक्षित गरेकाे छ। जिल्लाकै उत्कृष्ट र आधुनिक तरिकाबाट पूर्व प्राथामिक तह सञ्चालन गरिरहेकाे विद्यालयले २०७३ सालदेखी आफ्ना विद्यार्थीहरूलाई उत्साहित बनाउन दिक्षित गर्ने प्रचलनकाे सुरूवात गरेकाे हाे।

कक्षा १ मा प्रवेश गरेका ५२ जना विद्यार्थीहरूलाई दिक्षित गर्दै प्रमाणपत्र प्रदान गरेकाे छ। विद्यालयकी निर्देशक लक्ष्मी प्रधानकाे अध्यक्षतामा भएकाे समाराेहलाई सम्बाेधन गर्दै प्रमुख अतिथी कमलामाई नगरपालिकाका मेयर खड्ग बहादुर खत्रीले आफ्ना बालबालिकाहरूलाई विद्यालय पठाएर मात्र हाेईन अभिभावकहरूले घरमा पनि शिक्षा र संस्कार सिकाउन जरूरी रहेकाे बताए। भविष्यका कर्णधार बालबालिकाहरू नै भएकाले बाल मस्तिष्क देखिनै सामाजिक संस्कार र संस्कृति सिकाउँदै लानुपर्नेमा जाेड दिए। काेभिड-१९ का कारण बालबालिकाहरूले पढ्न नपाएकाे बताउँदै सुरक्षा साबधानी अपनाएर विद्यालयहरू निरन्तर सञ्चालन गरिनु पर्ने उनकाे भनाई रहेको थियाे। उनले विद्यालयले सुरू गरेकाे दिक्षान्त समाराेहले बालबालिका तथा अभिभावकहरूलाई अझ हाैसला मिल्ने बताउँदै विद्यालयलाई धन्यवाद समेत ब्यक्त गरे।

कार्यक्रममा आफ्नाे भनाई राख्दै प्याबसनका केन्द्रीय सदस्य तथा विद्यालयका प्रिन्सीपल ओम प्रधानले आफ्नाे विद्यालय सधै विद्यार्थीहरूकाे भविष्यप्रति चिन्तित भएर अगाडि बढीरहेकाे बताउँदै आगामी दिनहरूमा प्रविधिमा भएकाे विकाससँगै अझ विद्यालयलाई विकास गर्दै लगिने प्रतिबद्धता व्यक्त  गरे। प्याबसन सिन्धुली सचिव भानुभक्त गुरूङ, नवज्याेती बहिरा माध्यमिक विद्यालयका प्रधानाध्यापक बिजय तामाङ लगायतले आफ्नाे मनतव्य व्यक्त गरेका थिए।