सिन्धुली। सिन्धुली जिल्लास्थित फिक्कल गाउँपालिकामा गाउँपालिका स्तरिय बाल सन्जाल समिती गठन गरिएको छ। पवन श्रेष्ठको अध्यक्षतामा ११ जनाको कार्यसमिती गठन गरी बालक्लब गठन गरीएको हो।
बालक्लबको उपाध्यक्षमा कविता राना, सचिव गोबिन्द पोख्रेल नेपाली, सहसचिवमा सजना राई, कोषध्यक्षमा भगवगती पहाडी चयन हुनुभएको छ। वर्ल्ड भिजनको आर्थिक सहयोगमा रिलिफ नेपालद्धारा सञ्चालित बाल स्पोन्सर, बाल संरक्षण तथा किशोरी परियोजनाका अन्तर्गत बाल सञ्जाल समिती गठन गरिएको उक्त परियोजनाका संगिता श्रेष्ठले जानकारी दिनुभयो। फिक्कल गाउँपालिकाको पञ्च वर्षिय योजनामा बालबालिका मैत्री गाउँपालिका बनाउने उदेश्यलका साथ बाल सन्जाल गठन गरिएको हो।
