सिन्धुली। नेपाल पत्राकार महासंघ शाखा सिन्धुलीलको नवनिर्वाचित कार्यसमितिलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सिन्धुलीले बधाई तथा शुभकामना प्रदान गरेको छ। आज आदिवासी जनजाति पत्रकार महासंघ फोनिज सिन्धुलीको आयोजनामा आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका केन्द्रीय अध्यक्ष दण्ड गुरुङको उपस्थितिमा बधाई तथा शुभकामना प्रदान गरेको हो।

नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना प्रदान गर्नुहुँदै केन्द्रीय अध्यक्ष गुरुङले नयाँ प्रवृत्तिबाट पत्रकारिता गर्नुपर्ने बताउनु भयो। आधुनिक थुप्रै प्रविधिहरु आईसकेकाले त्यसको आत्मासाथ गर्दै जानुपर्न बताउनु भएको हो।

यसैबीच सिन्धुली उद्योग बाणिज्य संघले पनि आजै नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा भेटघाट कार्यक्रमको आयोजना गरेको थियो । सिन्धुली उद्योग बाणिज्य संघका अध्यक्ष अम्रेशचन्द्र बैदारको अध्यक्षतामा कार्यक्रमको आयोजना गरिएको थियो।

स्वागत तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष बैदारले नेपाल पत्रकार महासंघ र उद्योग बाणिज्य संघ एक रथको दुई पाङ्ग्रा रहेको बताउदै सदैब परिपुरकको सम्बन्ध बनाउन जरुरी रहेको बताउनु भयो। त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नवनिर्वाचित नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कृष्णहरी घिमिरेले सञ्चारमाध्यम विज्ञापनलेनै सन्चालन भइरहेको बताउँदै समन्वय गरेर अगााडि बढ्नुपर्ने बताउनु भयो।