सिन्धुली। सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ सिन्धुलीले नवनिर्वाचित नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति सिन्धुलीलाई आज स्वागत तथा सम्मान गरेको छ। सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ सिन्धुलीका अध्यक्ष हितलाल श्रेष्ठको अध्यक्षता तथा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल बागमती प्रदेशका उपाध्यक्ष कृष्ण कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा एक औपचारिक कार्यक्रमबीच स्वागत तथा सम्मान गरिएको हो।

नवनिर्वाचित कार्यसमितीलाई स्वागत तथा सम्मान गर्नुहुँदै सामुदायिक वन उपभोक्ता महासंघ नेपाल बागमती प्रदेशका उपाध्यक्ष कृष्ण कुमार श्रेष्ठले पत्रकार महासंघ र सामुदायिक वन उपभोक्ता महासंघबीच अन्योन्याश्रित सम्बन्ध कायम गर्नुपर्न बताउनु भयो। श्रेष्ठले जिल्लाका पत्रकारहरुले सामुदायिक वन उपभोक्ताको सकरात्मक वा नकरात्मक समाचार प्रकाशन गर्दा सामुदायिक वन उपभोक्ता महासंघसँग समन्वय गर्दा सत्य तथ्य आउने बताउनु भयो।

साथै उहाँले विभिन्न सामुदायिक वनमा कटान गरी अलपत्र रहेका काठको बिक्रिवितरण गर्न पाउने बताउँदै सो नियम लागू नगरे सिन्धुलीमा आन्दोलनमा उत्रने समेत बताउनु भयो। त्यस्त सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ सिन्धुलीका अध्यक्ष हितलाल श्रेष्ठले नवनिर्वाचित पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कृष्णहरी घिमिरे लगाायत कार्यसमितीलाई स्वागत तथा सम्मान गर्नुहुँदै वनमा भएका गतिविधि सकारात्मक तथा नकरात्मक पक्षहरूलाई बाहिर ल्याउनुपर्न बताउनु भयो ।