सिन्धुली- सिन्धुलीमाढिमा राष्ट्रिय जनगणनासम्बन्धि जिल्ला स्तरिय गोष्ठि कार्यक्रम सम्पन्न भएको छ । 

राष्ट्रिय जनगणना २०७८ नजिकिदैँ गर्दा  मुलुकभित्र बसोबास गरिरहेका सम्पुर्ण व्यक्तिहरुको पुर्ण रुपमा गणना गर्न र गणनाको विषयलाई परिभाषा सहित स्पस्ट पार्न १ दिने गोष्ठि कार्यक्रम सिन्धुलीमा जिल्ला जनगणना कार्यलयले शुक्रबार सम्पन्न गरेको हो ।


सिन्धुली जिल्ला जनगणना कार्यलयको आयोजनामा भएको गोष्ठिमा प्रमुख जिल्ला अधिकारी तथा जिल्ला जनगणना कार्यलय सिन्धुलीका अध्यक्ष सुरेश नयौपानेको अध्यक्षता तथा जिल्ला समन्वय समिती सिन्धुलीका
संयोजक शंखर तिवारी बर्माको प्रमुख आतिथ्यता रहेको थियो । 
नेपालमा जनगणना  सन् १९६८ बाट सुरु गरिएको हो । जनगणना भन्नाले मुलुकभित्र बसोबास गरिरहेका सम्पुर्ण व्यक्तिहरुको निश्चित अवधिमा निश्चित विधि अपनाई पुर्ण रुपमा गणना गर्ने प्रक्रिया हो । नेपालमा जनगणना प्रत्येक १०-१० बर्षको अन्तरालमा गर्ने गरिन्छ । 


उक्त एक दिने गोष्ठिमा सिन्धुलीका ९ वटै स्थानिय तहका प्रमुख तथा उपप्रमुख , विभिन्न सरोकारवाला निकायका प्रमुखहरुको उल्लेखिय उपस्थिती रहेको थियो । गोष्ठिलाई सहजिकरण गर्दै जिल्ला जनगणना कार्यलयका प्रमुख टिका प्रसाद नेपालले जनगाणनामा प्रयोग हुने अवधारणा तथा परिभाषालाई स्पष्ट पारेका  थिए। साथै जनगणनामा प्रयोग हुने अवधारणाहरु घर, घरको गणना, जनगणना घर, व्यक्ति, उत्तरदाता, अक्सर बसोबास, परिवार, जनगणनाको समयमा परिवारको सन्दर्भमा ध्यान दिनुपर्न कुराहरु लगाायत विशेष किसिमका व्यत्तिहरुको गणनाको विषयलाई परिभाषासहित उनले स्पष्ट पारेका छन् । त्यस्तै जनगणना के र किन,अक्सर बसोबास भन्नाले कस्तो बसोबासलाई जनाउँदछ,जनगणना प्राप्त हुने तथ्याङ्कको प्रयोग,जनगणाको इतिहास,जनगणना सञचालनको कानुनी प्रावधानको विषयलाई पनि कार्यलयका प्रमुख  नेपालले स्पष्ट पारेका छन् ।
सिन्धुली जिल्लामा ४ सय ३७ गणक र १ सय जना सुपेरिवेक्षण रहने सहायक जिल्ला जनगणना अधिकृत सुवास कोइरालाले जानकारी दिएका छन् ।  उनका अनुसार सिन्धुली जिल्लामा ४ वटा स्थानिय जनगणनाको कार्यलय रहनेछ । कमलामाई नगरपालिका,तिनपाटन गाउँपालिका र घ्याङलेख गाउँपालिकाका लागि कमलमाई नगरपालिकामा स्थानिय जनगणना कार्यलय रहने छ । त्यस्तै दुधौलिको लागि दुधौलिमै रहने छ । सुनकोसि,गोलन्जोर र फिक्कल गाउँपालिकाको लागि गोलन्जोरमा कार्यलय रहनेछ भने मरिण र हरिहरपुगढिका लागि मरिण गाउँपालिकामा स्थानिय जनगणना कार्यलय रहने जनाइएको छ । 

संघिय संरचनामा पहिलो जनगणना २०७८  साल जेठ २५ गतेबाट असार ८ गते सम्म तथ्याङ्क संकलन हुनेछ ।