सिन्धुली। भष्ट्रचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन विषयक अन्तर्क्रिया कार्यक्रम बिहीबार सिन्धुलीमाढीमा सम्पन्न भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रमुख रामबन्दु सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा सिन्धुली जिल्लाका ९ वटै पालिकाका प्रमुख तथा उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतहरुको उपस्थिती रहको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको आयोजनामा भएको कार्यक्रममा स्थानीय तहमा सबैभन्दा बढी भष्ट्रचार भएको पाइएकाले भष्ट्रचार नियन्त्रणका लागि कार्यक्रमको आयोजना गरीएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको कार्यलयमा सिन्धुलीबाट फागुन मसान्त सम्ममा १ सय २४ वटा उजुरी परेका छन् जसमा ७ वटा मात्रै फछ्यौट भएका छन् भने १ सय १७ वटा बाँकी रहेको जनाइएको छ ।

जिल्लाको कमलमाई नगरपालिकाबाट १० वटा, दुधौली नगरपालिकाबाट १०, घ्याङलेख गाउँपालिकाबाट २, गोलोन्जोर गाउँपालिकाबाट ३, हरिहरपुगढि गाउँपालिकाबाट २, मरिण गाउँपालिकाबाट १, फिक्कल गाउँपालिबाट २, सुनकोशी गाउँपालिकाबाट ४ र तिनपाटन गाउँपालिकाबाट १२ गरी जम्मा ४६ वटा उक्त आयोगमा उजुरी परेको जनाइएको छ।

सिन्धुलीबाट प्राकृतिक स्रोत साधनको दोहनजस्तै बनजंगल, जडिबुटी, नदिजन्य पदार्थ अबैध चोरी निकासी जस्तै गिटी बालुवा, ढुङ्गा, मापदण्ड बिपरित घर, बाटो बिस्तार, सेवा केन्द्रहरुमा बिचौलियाहरूले घुसको सेटिङ मिलाउने गरेको, कार्यक्रममा अनियमितता जस्तै सामाजिक सुरक्षाभत्ता बितरण जस्ता प्रकृतिका उजुरी पर्ने गरेका छन्। भष्ट्रचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन विषयक अन्तर्क्रिया कार्यक्रममा जिल्लाका ९ वटै पालिकाका प्रमुख तथा उपप्रमुखले आफ्नो बिचार राख्नु भएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्नुहँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रमुख रामबन्दु सुवेदीले भष्ट्रचार नियन्त्रणका लागि अख्तीयारले मात्रै सम्भव नहुने भएकाले सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीले साथ दिनुपर्न बताउनु भयो ।

उहाँले गल्ति गरेको छैन भन्ने व्यक्ति बिश्वस्त छ भने उजुरी दिँदैमा डराउनु नपर्न बताउनु भयो। त्यस्तै उहाँले भष्ट्रचार न्यूनीकरणका लागि भष्ट्रचारको मुहान बन्द गर्न जोड दिनुपर्न, आचार संहिताको पालना, प्रसासनिक कार्यविधिमा सुधार, उपभोक्ता समिती गठनमा पारदर्शिता, प्राविधिक जनशक्ति ब्यवस्थापन जस्ता उपायहरू अपनाउनु पर्न बताउनु भयो।