काठमाडौं। आदिवासी महिलाका लागि राष्ट्रिय जनजाति महिला महासंघ (निफ)ले  जनस्वास्थ्य सम्बन्धी पैरवी तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

काठमाडौंको डिल्लीबजारस्थित पेन्सन भासनामा जनस्वास्थ्य नीति सम्बन्धी प्रभावकारी अभिकर्ताबन्दै क्षमता अभिवृद्धि र व्यवस्थित जनस्वास्थ्य नीतिबारे सामुहिक पैरवी गर्ने उद्देश्यकासाथ विभिन्न समुदायमा आदिवासी महिलाहरुलाई अन्तराष्ट्रिय संस्था फिमीको सहकार्यमा महासंघले बुधबार जनस्वास्थ्य सम्बन्धी दुई दिने पैरवी तालिम कार्यक्रम सम्पन्न गरेको हो ।

आयोजकका अनुसार कार्यक्रममा खोटाङबाट गुरुङ , इलामबाट राई, उदयपुरबाट दनुवार, दोलखाबाट जिरेल, चितवनबाट दराई,सुनसरीबाट लिम्बु, सोलुखुम्बुबाट शेर्पा र काठमाडौं, ललितपुरबाट डोल्पो,नेवार,बारागाउ आदिवासी समुदायका महिलाहरुको सहभागी रहेको छ । चैत १७ गतेबाट सुरु भई उतm तालिम कार्यक्रम १८ गते सकिएको आयोजकले बताएको छ ।
कार्यक्रममा काठमाडौं स्वास्थ्य कार्यालयका अधिकृत पार्वती विष्ट र डाक्टर प्रविना श्रेष्ठ प्रशिक्षकका रुपमा भएको आयोजकले जनाएको छ ।महिला आदिवासीहरुलाई कार्यक्रमको पहिलो दिनमा जनस्वास्थ्यको धारण र बुझाई सम्बन्धी छलफल र  त्यससँग जोडिएका नीति नियम तथा स्थानिय कार्यक्रमका बारेमा जानकारी प्रशिक्षक स्वास्थ्य कार्यालय काठमाडौंका अधिकृत विष्ट बताएकी छन् । साथै समुदायको स्वास्थ्य विकासमा जनस्वास्थ्यको भुमिकाको विषयमा प्रस्तुति र छलफल गरीएको आयोजकले बताएको छ ।

महिला र किशोरीहरुको जनस्वास्थ्यमा  स्थानिय पहुँच के कस्ता छन्, कसरी समुदायमा जाने जस्ता विषयवस्तुहरु डा.श्रेष्ठले बताएकी छन् । कोभिड १९को  महामारीले जनस्वास्थ्यमा पारेको प्रभावसम्बन्धी र यी कुराबाट कसरी  सचेत, सुरक्षित रहन सकिन्छ,जस्ता विषयलाई प्रशिक्षक डा.श्रेष्ठले बतााइन् । यसैगरी मातृत्व स्याहार र बाल स्वास्थ्यका बारेमा पनि कार्यक्रममा छलफल गरीएको थियो । उनले नेपालमा मातृत्व र बाल स्वास्थ्यबारे नीति तथा सुविधाका बारेमा पनि जानकारी  दिएकी छन् ।

स्वास्थ्य सुविधा लिनका लागि अगाडि बढ्न साथै समुदायका अन्य महिलाहरुलाई पनि सिकाउन  सक्नुपर्छ निफका नीति वकालतकर्ता कमला गुरुङले बताएकी छन् । यस्ता कार्यक्रम स्थानिय तहमा पनि लैजाने योजना भएको महासंघका अध्यक्ष्य चिनीमाया माझीले बताएकी छन् ।