सिन्धुली। गोलोन्जोर गाउँपालिकामा तीन दिवसीय व्यवसायिक तरकारी खेती सम्बन्धी तालिम सम्पन्न भएकोछ। गोलोन्जोर गाउँपालिका वडा नं. ३ का अध्यक्ष पुस्करराज कार्कीको अध्यक्षता तथा गोलन्जोर गाउँपालिकाका अध्यक्ष पुष्प कार्कीको प्रमुख आतिथ्यतामा तालिमको समापन भएको हो।
तीन दिने व्यवसायिक तरकारी खेती सम्बन्धी तालिममा गाउँपालिकाका सात वटा वडाका कृषि प्राविधिक र व्यवसायिक तरकारी खेती कृषकहरूको उपस्थिती रहेको थियो। गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमको आर्थिक सहयोग तथा गोलोन्जोर गाउँपालिकाको आयोजनामा गत १६ गतेबाट तालिम सुरु भएको थियो।
तालिममा ग्वाल्टारका कृषकहरूद्वारा व्यवसायिक रूपमा गरिएको तरकारी खेतीको पनि अवलोकन गरी प्राविधिक पृष्ठपोषण प्रदान गरिएको वरिष्ठ कृषि विकास अधिकृत देबराज अधिकारीले बताउनु भयो। उहाँले ग्वाल्टारका कृषकले गरेको ब्यवसायमा फलमा लाग्ने गबारा, पातमा लाग्ने लेख्ने किरा त्यस्तै मकैमा अमेरिकन फौजी किरा देखा परेको बताउनु भयो। उक्त समस्यालाई कसरी ब्यवस्थापन गर्ने भन्ने विषयमा छलफ गरिएको उहाँले बताउनु भयो। यसैबीच गोल्टारमा ब्यवसायिक बाख्रा पालन तालिम पनि चलिरहेको छ।