सिन्धुली। मरिण गाउँपालिका-३ मथाैलीमा पाँच दिने सुधारिएकाेचुलाे सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम कार्यक्रम सम्पन्र भएकाे छ। जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार सिन्धुलीको आयोजनामा तालिम सम्पन्न भएको हो ।
समापन कार्यक्रममा बागमती प्रदेश सांसद् तथा ने.क.पा. माओवादी केन्द्रका सिन्धुली जिल्ला अध्यक्ष राजन दाहालको प्रमुख आतिथ्य र मरिण गाउँपालिकाका प्रवक्ता तथा वडा -३ का अध्यक्ष प्रख्यात मोक्तानको अध्यक्षतामा चुलो बालेर गरिएको छ। मरिण गाउँपालिका वडा नं.३ का ६ जना स्थानीयलाई सुधारिएको चुलो सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम दिईएको गाउँपालिका प्रवक्ता तथा वडा अध्यक्ष प्रख्यात मोक्तानले जनाउनु भएको छ।
आयोजक स्थानीय पूर्वाधार सिन्धुलीका हेम कार्कीका अनुसार सुधारिएको चुलोबाट मानीहरूलाई दम, खोकी, आँखाका रोगी नहुने, दाउरा कम मात्रामा लाग्ने, क्यान्सरबाट मुक्त हुने, बनजंगलको क्षती कम हुने बताउनु भएको छ। परम्परागत चुलोमा जस्तो आगो फुक्नु नपर्ने सजिलै टुलमा बसेर खाना पकाउन सकिने आयोजकले जनाएको छ। त्यस्तै सुधारिएको चुलोको प्रयोगबाट गर्भवति महिलाहरूलाई पाठेघको समस्याबाट बच्न सकिने भएकाले पेटमा शिशुलाई समेत लाभ हुने जनाएका छन् ।
भुकम्पपछि निर्माण भएका सबै घरहरूमा सुधारिएको चुलो प्रयोगमा जोड दिने बताईएको छ भने गाउँपालिकाको वडा नं. ३ मा त्यहि तालिम लिएकाहरूबाट नै चुलो निर्माण गरिने वडा अध्यक्ष प्रख्यात मोक्तानले जनाउनु भएको छ।
