सिन्धुली। नेपाल कम्युनिष्ट पार्टी(माओवादी) केन्द्र मरिण गाउँपालिका ३ को वडा कमिटि र वाइसियल वडाकमिटिको संयुक्त सपथ ग्रहण कार्यक्रम आज मरिणमा सम्पन्न भएको छ। नव गठित ३ नं वडा कमिटी र वाइसियल वडा कमिटीका पदाधिकारिहरुलाई नेपाल कम्युनिष्ट पार्टि(माओवादी) केन्द्रका जिल्ला अध्यक्ष राजन दाहालले सपथ ग्रहण गराउनु भएको हो।
नेपाल कम्युनिष्ट पार्टि(माओवादी) केन्द्र मरिण ३ नं वडाका पार्टी अध्यक्ष कृष्ण बहादुर माझीको अध्यक्षता तथा नेपाल कम्युनिष्ट पार्टी(माओवादी) केन्द्र जिल्ला पार्टी अध्यक्ष राजन दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा प्रदेश सांसद बसन्त माझी, मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जन, उपाध्यक्ष संगिता माझि, मरिण गाउँ कमिटीका अध्यक्ष गोपाल बुढाथोकी, ३ नं वडा अध्यक्ष तथा मरिण गाउँपालिकाक प्रवक्ता बिमर्श मोक्तान, मरिण गाउँपालिकाका वडा नं २ का वडा अध्यक्ष चन्द्रनाथ गौतम लगाायतको उपस्थिती रहेको थियो।
सपथ कार्यक्रमलाई सम्बोधन गर्नुहँदै जिल्ला पार्टी अध्यक्ष दाहालले गाउँ तथा वडाबाट कमिटी गठन गरेर पार्टिलाई नयाँ ढङ्गले अगााडि बढानु पर्नेमा जाेड दिनु भयो। उहाँले अब सक्रिय रहेर पार्टिलाई साथ दिनुपर्न समय आएकाले अब सुतेर बस्न नहुने बताउनु भयो। साथै आज कार्यक्रममा विभिन्न पार्टि परित्याग गरी २ सय जना नेपाल कम्युनिष्ट पार्टि(माओवादी) केन्द्रमा प्रवेश गरेका छन्।
